इटहरीः हजार बढी नेपाली नर्सिङका विद्यार्थीलाई अलपत्र पार्ने अस्ट्रेलियाको अस्ट्रेलियन इन्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) कलेज नभएर छोटा कोर्स गराउने इन्टिच्यूट मात्रै भएको खुलासा भएको छ । अस्ट्रेलियामा दर्ता नै नभएर नेपालका कन्सल्टेन्सीहरूबाट भर्ना लिएको उक्त शैक्षिक संस्था कलेज समेत नभएको र सामान्य इन्टिच्युट मात्रै भएको फेला परेको छ ।

अस्ट्रेलियाबाट सञ्चालित साउथ एसिया डटकम डट एयु समाचार पोर्टलका अनुसार एआइबिटी कुनै कलेज नभएर व्यवसायिक कोर्सहरू पढाउने निजी इन्टिच्युट हो । तर, नेपालका एक्सपर्ट, मर्सि, अल्फाबिटा लगायतका कन्सल्टेन्सीहरूले भने कलेज भन्दै विद्यार्थीहरूलाई लगेको विद्यार्थीहरूले गुनासो गरेका छन् । हालसालै सिधाकुरा जनतासँग भिडियो कुराकानीमा आएका उनी हरुले कलेजले तीन बर्से कोर्स दुई वर्षमै पुरा हुने र एक वर्षको क्रेडिट पनि पाउने भन्ने आश्वासन पाएको बताएका थिए ।

कुनै विश्वविद्यालयको सम्बन्धन नभएर नेपालमा छोटकरी सिपमूलक लालिम दिने जस्तै इन्टिच्यूट मात्रै भएको खुलासा भएको छ । तीन बषे डिप्लोमा नर्सिङ कोर्स कुनै विश्वविद्यालयको नभएको पाइएको छ । नेपालको सिटिभइभिटी कोर्स जस्तै अस्टे«लियाको भिइटी अथर्ता भोकेसनल एजुकेसन एन्ड ट्रेनिङ कोर्स हुन्छन् । यस्तैगरि, विदेशी विद्यार्थीहरूको अध्ययनको लागी सिआरआइसिओएस अर्थात् ‘कमनवेल्थ रेजिस्टर अफ इन्टिच्युसन एन्ड कोर्सेस फर इन्टरनेसनल स्टुडेन्ट’ को पनि सम्बन्धन पाउनुपर्छ ।

तर, एआइबिटीले यी दुवै मापदण्ड पुग्नेगरि दर्ता नगरिकन विद्यार्थीहरू ल्याएर भर्ना गरेको थियो । अस्ट्रेलिया सरकारको भिइटी र सिआरआइसिओएसको हेर्ने आधिकारी निकाय एएसक्युए अर्थात् अस्ट्रेलियन स्किल्स क्वालिटी एथोरिटीले दर्ता प्रक्रिया खारेज गरेपछि नेपालीहरू बिचल्लीमा परेका थिए । एएफक्यूएले यही फे्रबुअरी १९ तारिकमा यस्तो गरेको थियो । एआइबिटीको दर्ताका सम्पूर्ण प्रकृयाहरु २६ मार्च भित्र सकिनेगरि एएफक्युएले यस्तो निर्णय गरेको अस्ट्रेलियन मिडियाले बताएका छन् ।