विराटनगर । विराटनगर महानगरपालिकाकाे कार्यालय परिसरमा दिउँसाे २ बजे बम बिस्फाेट भएकाे छ । अज्ञात समुहले कार्यालय समयमा बम बिस्फाेट गराएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मनाेजकुमार केसीले जानकारी दिए । उनले अाफु घटना स्थलमै भएकाे हुँदा थप विवरणा अाउन बाँकि रहेकाे बताए । तर कुनै पनि मानविय क्षती भने नएकाे प्रहरीले जानकारी दिएकाे छ ।
महानगरका कर्मचारी धिरज राइका अनुसार २ बजेकाे समयमा एक्कासी ठुलाे अावाजका साथ विस्फाेट भएकाे बताए । उनले कार्यालयका सिसिमा क्षती पुगेकाे भन्दै मेयर भिम पराजली चढ्ने सवारी काे १ झ ४९४ नम्बरकाे गाडिकाे पछाडीकाे सिसा फुटेकाे बताए । उनले बम बिस्फाेट पश्चात कार्यालयकाे बाताबरण काेलाहलमय रहेकाे बताए ।
कसले किन र के उदेश्यका साथ याे बिस्फाेट गरायाे भन्ने एकिन भएकाे छैन । तर प्रदेश एककाे प्रश्तावित राजधानी भित्रै महानगरका परिसरमा भएकाे याे घटनाले विराटनगरकाे सुरक्षा संवेदनशिलता माथि प्रश्न उठेकाे छ भन्दै स्थानिय चिन्तित बनेका छन् ।