इलामः माई नगरपालिकाले सुविधायुक्त सभाहल निर्माण गर्ने भएको छ । नगरपालिकामा सभाहल नहुँदा खुला चौरमा कार्यक्रम गर्नुपर्ने बाध्यता भएकाले नगरपालिकाले सुविधासम्पन्न सभाहल निर्माण गर्न लागेको नगरप्रमुख दीपक थेवेले बताए ।
माई नगरपालिका–२ को भलायोटारमा सुविधासम्पन्न सभाहल निर्माणका लागि डिपिआर तयार गरिसकिएको बताइएको छ । चालु आर्थिक वर्ष ०७५÷७६ देखि नै निर्माण शुरु गर्ने लक्ष्यका साथ डिपिआर निर्माण गरी बोलपत्र आह्वानका लागि तयारी गरिएको समेत उनले बताए ।