विराटनगरः प्रदेश नम्बर १ ले संसदीय अभ्यास तथा नियमावली सम्बन्धि अन्तक्रिया कार्यक्रम राखेको छ । कानुन क्षेत्रका जानकार निम्त्याएर प्रदेश १ सचिवालयले प्रदेशभरीका सांसदहरुमाझ विराटनगरमा छलफल चलाएको हो ।
संघीय संरचनाअनुसार मुलुक संसदीय अभ्यासमा पहिलो पटक गएको हुँदा यस अन्तक्रियाकाले संसद संचालन गर्न महत्वपुर्ण भुमिका खेल्ने सभामुख प्रदीक कुमार भण्डारीले बताए । मुख्यमन्त्री शेरधन राईले संसदलाई मर्यादीत बनाउन यस छलफल प्रभावकारी बन्ने भन्दै सिक्ने र सिकाउने उपयुक्त अवसर रहेको बताए ।
सदन संचालन गर्न बनेको नियमावली हुँदै प्रदेश १ का लागि आवश्यक पर्ने काननुहरु तर्जुमा हुने गर्छन । संसदले विधिसंवत छलफल गर्दै पास गर्नुपर्ने गहन जिम्मेवारीलाई कसरी पुर्णता दिने भन्ने बारे विषयगत र प्राविधिक छलफल हुने बुझिएको छ ।
प्रदश १ संसदका दुबै अधिवेशनमा प्रदेशकाे नाम र राजधानी ताेक्ने विषयले हाउसमा प्रवेश पाउन सकेनन । नियमावलीकाे अस्पष्टताका कारण उक्त महत्वपुर्ण विषयले पूर्णता नपाउँदा सरकार र सदनकाे कार्यदक्षता माथि नै प्रश्न उठेकाे छ । पहिलाे पटककाे अभ्यासमा रहेकाे हुँदा अनुभवका अाधारमा नियमावलि सच्याउँदै अघि बढ्नु पर्ने अवस्था अाएकाे र त्यसलाइ समानुकुल सुधार गर्दै लग्ने उपसभामुख सरस्वती पाेख्रेलले बताइन ।
प्रदेश १ सरकारका प्रवक्ता तथा अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले महत्वपुर्ण सेसनले संसदीय मर्यादामा रहनेबारे उल्लेखिय ज्ञान हाँसिल गर्न सकिने बताए ।
प्रतिपक्षी दल नेपालि काँग्रेसका संसदीय दलका नेता राजिव काेइरालाले सिक्ने जाने प्रक्रिया भएकाे हुँदा संसदीय अभ्यासमा उपयुक्त हुने कार्यक्रमकाे अायाेजना भएकाे तर्क गरे ।
एक दिने कार्यक्रमलाई राधेश्याम अधिकारी, रेवतीरमण भण्डारी र अर्जुनकुमार खड्काले सहजीकरण गर्नेछन् ।