इटहरी: बिन्दबासिनी बचत तथा ऋण सहकारी संस्थाले ६६ प्रिन्ट ब्लड संकलन गरेको छ । सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा सो परीमाणको ब्लड संकलन भएकोहो ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ६ स्थित रेयुकाई चौतारीमा अधिल्ला बर्षहरुमा झै यसपालीपनि कार्यक्रम आयोजना गरीएको संस्थाका व्यवस्थापक डिल्ली आचार्यले जानकारी दिए ।
बिगतमा पनि निशुल्क स्वास्थ्य प्ररिक्षण लगायत बिभीन्न कार्यक्रम गर्दै आएको संस्थाले आगामी दिनमा त्यसलाई निरन्तरता दिने आचार्यले बताए ।  सोही संस्थाका शिक्षा तथा स्वास्थ्य समिति संयोजक प्रदिप श्रेष्ठको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।