बेलबारी: प्रदेश १ सरकारका प्रवक्ता एवं म आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्कीले बेलबारी १० मा बन्दै गरेको सृजना पार्कलाई सहयोग गर्ने बचत दिएका छन् । आज भाउन्नेमा रहेको सृजना सामुदायिक बनको ३३ विगाहा क्षेत्रफलमा ढुङ्गाका मूर्तीसहितको विशेष पयटकीय पार्क बनाबने कामको अनुगमन गर्न गएको मन्त्री कार्कीले उक्त कुरा बताएका हुन् ।

नगरपालिकाका मेयर, प्रदेश सांसदसहितको टोली लिएर पुगेका मन्त्री कार्कीले यस सृजना सामुदायिक बन क्षेत्रको पार्कलाई नमुना बनाउनु आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गरेका छन् ।

उनले बेलवारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीलाई नगरलाई समृद्ध बनायो योजना ल्याएको भन्दै प्रशंसा पनि गरेका थिए । बनको उपभोक्ता समितिले आर्थिक उपार्जन गर्ने र पूर्वपश्चिम राजमार्ग भएर हिँड्ने हजारौँ यात्रुलाई आकर्षित गर्ने उदेश्यले पार्क निर्माण गर्न लागिएको हो ।

फागुन ४ गते देखि जापानका नोरिओ ताकाओका, इटालीका माकी नाका मुरा, जर्मनका पिटर हार गेट, भारतका अनुपकुमार गुप्ता र बङ्गलादेशका अभि जित कान्तिदास इटालीका एक नागरिकसहित नेपालका ४२ जना मूर्तीकारले धमाधम बेग्लाबेग्लै ढुङ्गामा अलग–अलग आकृतिका मूर्ती खोप्दछन् ।

चार कोसे जङ्गलमा उनीहरूले २२ गते सम्म अर्थात् १८ दिन त्यही बिताउने छन् । १८ दिनमा उनीहरूले ४५ वटा मूर्ती निर्माण गर्ने पार्क निर्माण समितिका सचिव शंकर गुरुङले बताए ।

ढुङ्गाहरूमा प्राचीन समय देखी फरक फरक मौलिक सृजनात्मक तथा पशुपक्षीका मूर्ती उनीहरूले गुरुङले जानकारी दिए । उक्त निर्माणपार्कको संयोजन भने धनु याख्खाले गरी रहेका छन् । जङ्गल क्षेत्रमा बनाइने पार्क भित्र कुनै पनि रुख कटान नगरी पार्क निर्माण गर्ने सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष छत्र लिम्बुले बताए ।

‘सुकेका रुखहरू बाहेक हरिया रुख काट्दौं’ लिम्बुले भने ‘बरु अन्य विभिन्न प्रजातिका रुखहरू रोप्छौ ।’ चार कोशे झाडी भित्रै पर्यटक ल्याउने योजना रहेको उनले बताए । पार्क निर्माण गर्न १ करोड ८४ लाख खर्च लाग्ने बताइएको छ ।