इटहरीः प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउँदै आज इटहरीमा विद्यार्थीहरूले केक काटेका छन् । स्ववियु चुनाव हुने इटहरीको एक्लो क्याम्पस जनता बहुमुखी क्याम्पसका विद्यार्थीले केक काटेर प्रधानमन्त्रीको जन्मदिन मनाएका हुन ।

अनेरास्ववियु र अखिल (क्रान्तिकारी) क्याम्पस कमिटीले आयोजना गरेको जन्मोत्सव कार्यक्रममा अखिल (क्रान्तिकारीका)का पूर्व केन्द्रीय उपाध्यक्ष मदन चुडाल, अनेरास्ववियु सुनसरी अध्यक्ष जीवी गजल, उपाध्यक्ष रोशन रेग्मी लगायत जनता क्याम्पसमा दर्जन विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओलीको ६८ औँ जन्मदिन मनाउनुको कारण बारे बोल्दै अनेरास्ववियु सुनसरी अध्यक्ष जीवी गजल भन्छन, ‘टुक्रा टुक्रा भएको नेपाली कम्युनिस्ट आन्दोलनलाई एउटै प्रवाहमा समेट्न सफल भएको र नेपालको समृद्धिको यात्रामा रहेका सफल प्रधानमन्त्री भएकाले जन्मदिन मनाइएको हो ।’

kp sharma oli oli birthday pradeshportal.com

आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा केक काटेर मनाएका विद्यार्थी नेताहरूले केही महिना अगाडि प्रचण्डको जन्मदिनमा पनि यस्तै उत्सव मनाएका थिए । तर, आलोचकहरुले भने राजतन्त्र कालमा हुने राजाको जस्तै नेताको पनि सार्वजनिक जन्मोत्सब मनाउदै देवत्व हुन थालेको भन्दै आलोचना गरेका थिए ।