विराटनगरः प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलाई सगरमाथा अाराेहि राेशा बस्नेतले सगरमाथाकाे ढुँगा हस्ताण्तरण गरेकी छिन् । उनले ९ महिना अघि सगरमाथा चढ्दा ल्याएकाे ढुँगा शुक्रवार विराटनगरमा मुख्य मन्त्री राईलाई  दिएकी हुन् ।

प्रदेश नम्बर १ मा रहेकाे सगरमाथाकाे महत्वलार्इ थप उजागर गर्न र पर्यावरण जगेर्ना गर्न ध्यान पुगाेस् भन्ने उदेश्यले उनले मुख्य मन्त्री राईलाई उक्त ढुँगा दिएकाे बताइन् । 'अाफ्नाे प्रदेशकाे विकासमा मुख्यमन्त्रीकाे विशेष ध्यान जाअाेस र याे 'गुडलक' काे रूपमा रहाेस् भन्ने उदेश्यले मैले सगरमाथा चढ्दा ल्याएकाे ढुँगा मुख्यमन्त्री राईलाई दिएकी हुँ ।' बस्नतले भनिन् ।

माेरङकाे सुन्दरहरैँचा नगरपालिका १० निवासी बस्नेत राष्ट्रिय समाचार समितिमा अावद्द छिन् । सगरमाथा अाराेहरणकाे सिलसिलामा लिइएका तस्बिरहरू माेरङकाे गछियमा एक्स्पाेमा प्रदशर्नीमा राखिएकाे थियाे । ५० भन्दा बढी तस्बिर राखिएकाे मेलामा हिमाल बारेका जानकारी तस्बिरमा कैद गरिएकाे छ । साे अवसर पारेर बस्नेतले मुख्यमन्त्री रार्इलार्इ भेटेकी हुन् ।

९ महिना अघि महिला पत्रकारहरूकाे टीमले सफलतापूर्वक सगरमाथाकाे चुचुराेमा पाइला टेकेका थिए । बस्नेतले अाफ्नाे टीमले प्रदेश एक सरकारसँग महिला सशक्तिकरण, युवा जागरणा  र वालवालिकाकाे क्षेत्रमा काम गर्नका लागि सहकार्य गर्न तत्पर रहेकाे समेत बताएकी थिइन् ।

ढुँगा लिँदै मुख्यमन्त्री रार्इले अाफुले यसलार्इ जतनसाथ राख्ने बताए । अाफ्नाे कार्यकक्षमा सगरमाथाकाे तस्बिर राखेका रार्इले साेहि तस्बरलाइ साक्षी राखेर दैनिक कार्यसम्पादन गर्छन् । उनले सगरमाथा चढ्ने साहसकाे कदरसमेत गरेका थिए । त्यस्तै प्रदेश सरकारसँग सहकार्य गर्ने बारे सकारात्मक रहेकाे जवाफ दिएका थिए ।