इटहरीः २०६९ देखी हरेक दुई वर्षमा काँकडभिट्टामा आयोजना हुने कला साहित्य उत्सव यही फागुन १८ बाट हुने भएको छ । रिडर्स झापाको अगुवाइमा तीन दिन सम्म आयोजना हुने कला साहित्य उत्सवका सबै कार्यक्रमका सेसन काँकडभिट्टाको खानेपानी सभाहलमा हुने आयोजकले बताएको छ ।

‘कला र विचारको सुखद सङ्गम अनि बौद्धिक घर्षणको ऊर्जामय माहौल तथा साहित्य र चित्रकलाको झङ्कार’ प्रस्तुत हुने भनेर प्रचाररत यो उत्सव फागुन बिहान १० बजेबाट बेलुका ५ बजे सम्म आयोजना हुने आयोजकले बताएको छ । २०६५ सालमा स्थापना भएको रिडर्स झापाको कला साहित्य उत्सवको यो चौँथो संस्करण हो ।

विभिन्न बाइस सेसनहरू भएको कला साहित्य उत्सवमा कविता, विमर्श, बहस देखी चित्रकला हुँदै नाट्य मञ्चन सम्मका कुराहरू समेट्ने रिडर्स झापाका दामोदर ढुङ्गेलले बताए । नेपालकै प्रतिष्ठित र प्रदेश १ को सबैभन्दा ठुलो ‘कुम्भ मेला’ मानिने कला साहित्य उत्सवमा प्रवेश निःशुल्क रहेको छ ।

कुन दिन कुन सेसन?

फागुन १८ गते पहिलो दिन विभिन्न आठ वटा सेसनहरू हुने आयोजकले सूचि सार्वजनिक गरेको छ । जसमा उद्घाटनको औपचारिक कार्यक्रम बाहेक आठ वटा सेसनहरू रहेका छन् । यस्ता छन् दैनिक सेसन, समय र सहभागीहरुः

jhapa literature