फाइल तस्बिर
विराटनगरः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले अब तीव्र गतिमा काम गर्नेमा आफू ढुक्क रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा हिजो साँझ सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सरकारको काम कारवाहीप्रति असन्तुष्ट हुनुपर्ने कारण नभएको बताए ।

पूर्वप्रधानमन्त्री खनालले संविधानले दिएको अधिकार कसैले पनि खोस्न नसक्ने जिकिर गर्दै सरकारले आफ्ना काम कारवाहीलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुुपर्नेमा जोड दिए । उनले मुलुकको परिस्थितिमा कुनै पनि गडबडी हुने सङ्केत नदेखेको प्रष्ट पार्दै सङ्घीयताको पहिलो अनुभवमा कानुन बनाउनुपर्ने भएकाले सरकारको काम कारवाहीमा केही ढिलाइ भएको उल्लेख गरे ।

नेता खनालले पार्टी एकीकरण अविलम्ब हुने भन्दै सामाजिक सञ्जालमा अराजकता बढ्न नदिन नियमन गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।