धनकुटाः धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा आज भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
महालक्ष्मी नगरपालिकाको वडा नम्बर ८ याङ्लाबुङमा ट्याक्टर पल्टँदा ट्याक्टर चालक सोही स्थानका २७ वर्षीय बालकुमार मगर र ट्याक्टरमा सवार स्थानीय १० वर्षीय अनिल आलेमगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अम्लिसो सङ्कलन गर्न गएको ना ४ त ९६५४ नम्बरको ट्याक्टर सडकबाट तल झरेर दुर्घटना भएको महालक्ष्मी प्रहरी चौकीका इन्चार्ज मदन भण्डारीले बताए । दुर्घटनामा परी छविलाल पुलामी मगर भने सामान्य घाइते भएका छन् । उनी स्थानीय स्वास्थ्य चौकीमा उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ ।