भोजपुरः किरात राई यायोक्खा जिल्ला कार्यसमिति भोजपुरको अध्यक्षमा सिर्जना राई चयन भएका छन् ।
शनिबार भएको अधिवेशनले राईलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा अनिता राई र रामध्वज राई निर्वाचित भएका छन् । सचिवमा विदुर राई, सहसचिवमा राजिनकुमार राई, निरन राई, रामप्रसाद राई र कोषाध्यक्षमा रबिनकाजी राईसहित १७ सदस्यीय कार्यसमिति चयन भएको बताइएको छ ।