विराटनगरः भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलकाे निधनमा विराटनगर महानगरपालिकाले भोली सार्वजनिक बिदा दिने भएको छ । आज बसेको कार्यापालिकाको बैठकले पोख्रेलप्रति सम्मान व्यक्ति गर्दै बिदा दिने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिकाका मेयर भिमप्रसाद पराजुलीले नेपाली भाषा र साहित्यको क्षेत्रको वहाँको मृत्यूले अपुरणीय क्षती भएको बताएका छन् । नेपाली भाषा साहित्यको वहाँले पुर्याउनुभएको योगदान अतुलनिय रहेको भन्दै पराजुलीले सम्मानका लागि स्थानीय सरकार भित्रका सम्पुर्ण वडा तथा नगरपालिकाको कार्यलय बन्द गरिने जानकारी दिए ।

भोलि समुदायिक तथा सांस्थागत विद्यालयसमेत बन्द गरिने सार्वजनिक सुचनामार्फत जानकारी दिइएको छ ।  आइतवार निधन भएका पोख्रेलको प्रदेश एकका सामाजिका विकास मन्त्री जीवन घिमिरेले पार्विथ शरिरमा राष्ट्रिय झण्डा ओडाएर सम्मान व्यक्ति गरेका थिए ।