बेलबारीः बेलबारी नगरपालिकाले उज्यालो नगर बनाउने अभियान थालेको छ । विद्युत नपुगेका वडा तथा टोलमा बिजुली पु¥याउने उद्देश्यका साथ नगरपालिकाले अहिले सङ्घीय तथा प्रदेश सरकारसँगको सहकार्यमा धमाधम ट्रान्समिटर जडान गर्न थालेको छ ।

२ महिना भित्रमा नगरपालिकाले २ वटा ट्रान्समिटर जडान गरिसकेको छ । वडा नम्बर ६ र ९ मा जडान गरिसकिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । उज्यालो नगरका रूपमा विकास गर्न दु्रत गतिमा काम भइरहेको सुवेदीले बताए । उनले विद्युत विस्तार वर्षका रूपमा नगरपालिकाले काम गरिरहेको बताए । उनले नगरका सबै घरमा झलमल बत्ती बाल्ने काम अगाडि बढाइएको बताएका छन् ।