इटहरीः विवेकशील साझा पार्टीले अाज देशैभरीका अख्तियार कार्यालयमा प्रदर्शन गर्दैछ । प्रदेश १ काे इटहरीस्थति क्षेत्रीय कार्यालयमा ११ बजे प्रदर्शनकाे तयारी रहेकाे प्रदेश संयाेजक अनिल भेटवालले प्रदेश पाेर्टललार्इ जानकारी दिएका छन् ।

अख्तियारले साना व्यक्तिलार्इ मात्र छानबिनकाे दायरामा ल्याएकाे भन्दै सांकेतिक रूपमा ठुला माछा पनि पक्राउ गर्न दबाब दिने उदेश्यले प्रदर्शनी गर्न लागिएकाे बताइएकाे छ। केन्द्रीय कार्यक्रमअनुसार देशैभरीका अख्तियारमा पार्टीका कार्यकर्ताहरू प्ले कार्ड र ब्यानर लिएर भ्रष्टाचारकाे बिरूद्द अावाज उठाउने कार्यक्रम रहेकाे बुझिएकाे छ ।