झापाः दक्षिणी झापाको बाह्रदशी गाउँपालिका–६ भएर बग्ने घाग्रा खोलामा पुलको पुनर्निर्माण शुरु गरिएको छ ।
२ करोड ६० लाखको लागतमा निर्माण शुरु गरिएको पुलको सांसद राजेन्द्र लिङ्देनले शिलान्यास गरे ।
आगामी आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न हुने बताइएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, १ नं प्रदेश र बाह्रदशी गाउँपालिकाको संयुक्त लगानीमा पुल बन्न लागेको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । सो पुलको लम्बाइ ५३ मिटर हुने बताइएको छ ।