इटहरीः देशैभर भ्रष्ट्राचार विरोधी अभियानमा जुटेको विवेकशील साझा पार्टीले इटहरीमा रहेको अख्तियारको कार्यालयमा पुगि ध्यानाकर्षण गराएकाे छ । मौन र्यालिसहित पुगेको प्रदेश १ संयोजक अनिल भेटवालको टोलीले अख्यिारमा ध्यानाकर्षण पत्र बुझाएको हाे ।

भेटवालले कार्यालयका उपसचिव राजेन्द्र भट्टराईलाई गेट बाहिर नै विज्ञप्ति दिएका थिए । विवेकशीलका कार्यकर्तालाई अख्तियारको मूल गेटबाट भि पस्न दिइएको थिएन । प्रहरी र सशस्त्रको बाक्लो उपस्थिति थियो । करिब २० जना कार्यकर्ता प्लेकार्ड र ब्यानर सहित उपस्थिति भएका थिए ।

52849934_400725053822622_7390087331279011840_n

प्रदेश संयोजक भेटवालले अख्तियार कार्यालयमा गएर कार्यालय प्रमुखलाई भेट्न नदिएकोप्रति खेद प्रकट गरे । ‘हामीसँग ढुँगामुढा थिएन, शान्तिपुर्वक रूपमा आएका सचेत नागरिकको समूहलाई कार्यालयभित्र पस्न नदिइनु दुखद कुरा हो ।’ उनले टिप्पणी गरे ।

पार्टीका नेता प्रकाशचन्द्र परियारले पार्टीको केन्द्र तह देखि कै कार्यक्रम भएको हुँदा भ्रष्ट्राचारबिरुद्धको अभियानलाई जारी राख्ने जानकारी दिए ।

‘सरकारले ठुला आर्थिक अनियमितताका घटनामा आँखा चिम्लिएर बसेको हुँदा सम्बन्धित निकायलाई झक्झक्याउन यसका कार्यक्रमको आयोजना गर्नुपरेको हो ।’ परियारले भने ।

bibekshil shajha itahari akhtiyar news 2