धरानः किरात राई यायोक्खाको दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारको अवसर पारेर धरानमा मंगलबार बास्केटबल खेलको आयोजना गरीएको छ । बास्केटबल खेलमा सुनसरी महिला बास्केटबल टिमले आयोजक किरात रार्इ यायोक्खालार्इ हराउदै प्रथम उपाधि जित्न सफल भएको छ ।
सुनसरीले आयोजक किरात रार्इ यायोक्खालार्इ ३१-२९ को अन्तरले हराएको हो । प्रथम हुदै सुनसरी महिला बास्केटबल टिमले नगद ३ हजार प्राप्त गरेको छ ।
फार्इनल खेलको हार्इ स्कोरर आयोजक टिमका खेलाडि बिकास चाम्लिङ रार्इ भएका थिए । उनले यायोजक टिमलार्इ २३ अंक दिलाउन सफल भए । दोस्रो बनेको आयोजक टिमले नगद १५ सय प्राप्त गरेको थियो । आयोजक टिमले भने आफ्नो दोस्रो पुरस्कार खेलमा सहभागिता जनाएकोमा धरान महिला बास्केटबल टिमलार्इ प्रोत्साहन स्वरूप प्रदान गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका प्रा. डा. न्यौपानेले किँरात भनेपछि केही मानिसहरुले जातीय हो, साम्प्रदायिक हो भन्ने भ्रम पालेका तर किरात शब्दलाई गैर आर्यहरुले पनि सम्मान गरेकाे बताए । ' किरात शब्दलाई संसारमा चिनार्इ रहनु पर्दैन रार्इ, लिम्बु, याक्खा, कुलुङभन्दा चिनाउनु पर्ला तर किरात भनेपछि चिनाउनु पर्दैन । यो कुनै जातिय र सम्प्रदायिक शब्द होइन भनेका छन् ।' उनले भने ।
उ
प्रचारप्रसारकै कार्यक्रम अन्तर्गत बुधबार बृहत मोटरसार्इकल र्यालि हुदैछ । मोटरसार्इकल र्यालिमा १ नम्बर प्रदेशको विभिन्न जिल्लाबाट मोटरसार्इकल र्यालि र्इटहरीमा आर्इ भेला हुनेछ । र्इटहरीबाट बिराटनगरमा रहेको मुख्यमन्त्रीको कार्यलयमा पुगेर आफ्नो माग सहितको ज्ञापनपत्रको स्मरण पत्र बुझाउने कार्यक्रम तय गरीएको किरात रार्इ यायोक्खा सुनसरीका अध्यक्ष बलराम रार्इले बताएका छन् ।