विराटचोक/ प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ मार्फत् विश्वको सर्वाेच्च शिखर सगरमाथा चुम्न सफल सञ्चारकर्मी रोशा बस्नेतलाई सुकुना माध्यमिक विद्यालय सुन्दरहरैंचाले सम्मान गरेको छ ।

विराटचोक घर भएकी बस्नेतलाई प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले सम्मान गरेका थिए । देशकै गौरवको रूपमा रहेको सगरमाथाको आरोहण गरेर बस्नेतले प्रदेशको र मोरङको नाम राखेको भण्डारीले बताए । भण्डारीले बस्नेतलाई प्रदेशको पर्यटन प्रवद्र्धनसँगै यसको प्रचार गर्न आग्रह गरे ।

बस्नेतले आफूले अध्ययन गरेको विद्यालयमा सम्मानित हुन पाउँदा खुशी लागेको बताइन् । प्रदेश नम्बर १ को पर्यटन प्रवद्र्धनसँगै महिला सशक्तिकरण र युवा जागरणको क्षेत्रमा काम गर्ने उनले बताइन् । राष्ट्रिय समाचार समितिमा अङ्ग्रेजी समाचार सम्पादकको रूपमा उनी कार्यरत छिन् ।

sukuna-(1)