बेलबारीः सङ्घीय सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले पर्यटनको सम्भावना हुँदाहुँदै पनि नेपालमा केही गर्न नसकिएको बताएका छन् । मोरङको बेलबारीमा आयोजित मूर्ति कार्यशाला कार्यक्रमको उद्घाटन गर्दै मन्त्री ढकालले बाह्य पर्यटनलाई भित्र्याउन नसकिएको बताए । पर्यटकका लागि बस्ने ठाउँ तथा अन्य सेवा सुविधा नभएका कारण घुम्न नआउने गरेको उनले बताए ।
प्रदेश नम्बर १ मा सगरमाथादेखि पाथीभरा सम्म भए पनि बाह्य पर्यटलाई राख्ने होटल तथा स्थानीय परिकारका खानालगायत अन्य संरचनामा विकास गर्न नसकिएको उनले बताए । सगरमाथा जाने पर्यटक हेलिकप्टर मार्फत् जानु दुःखद भएको उनले बताए ।
मन्त्री ढकालले राज्य धर्म निरपेक्ष भएकाले जातजातिलाई आफनो धर्म मान्ने अधिकार भएको बताए । प्रलोभन देखाएर भने धर्म परिवर्तन गर्ने अधिकार कसैलाई नभएको पनि उनले बताए । राप्रपा अध्यक्ष कमल थापा तथा पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै मन्त्री ढकालले धर्मको नाम बेचेर खाने दिन सकिएको बताए ।
थोरै समय मात्रै प्रतिपक्षी दलको विरुद्ध प्रयोग गरेका मन्त्री ढकालले सङ्घीय सरकारले प्रदेश तथा स्थानीय सरकारको अधिकार खोस्न खोज्या भनेर हल्ला मच्चाउन थालिएको तर, वास्तविकता त्यस्तो नभएको बताए ।