सोलुखुम्बुः खुम्बु पासाङल्हामु गाउँपालिकाबाट १ सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ ।

उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र ७ वर्षीय कुङ्गादोर्जी शेर्पा यही फागुन ६ गतेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

नाम्चेको एक विद्यालयमा रहेको होस्टलमा बसेर पढ्दै आएका उनीहरूलाई आफ्नै आमा मिङ्मायाङ्जी शेर्पाले सोही दिन बिहान साढे ७ बजे जिम्मा लिएर घरतर्फ लगेकी थिइन् । तर उनी घर नपुगेपछि खोजी गर्दा सोही दिन दिउँसो साढे बजे आमाको शव जोरसल्लेस्थित दूधकोशी नदीको किनारमा फेला परेको थियो । छोराछोरीको अवस्था अझैसम्म अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘उनीहरूको खोजी जारी राखेका छाँै’, जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले भने, ‘आजसम्म उनीहरूको अवस्था अज्ञात छ, सबैले खोजीमा सहयोग गरिदिनुप¥यो ।’ प्रहरीका अनुसार मृतक महिलाको शव परीक्षणका लागि काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ ।

मृतकका छोराछोरीको चप्पल र कपडासमेत दूधकोशी नदी किनारमा भेटिएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । प्रहरीले आसपासका क्षेत्रमा खोजीलाई तीव्रता दिनुका साथै उक्त नदी बहने छिमेकी जिल्ला ओखलढुङ्गा, खोटाङ र उदययपुरका प्रहरी एकाइलाई समेत खोजीका लागि आग्रह गरेको जनाएको छ ।

आमाको शव नदी किनारमा भेटिएको र छोराछोरीको कपडासमेत फेला परेकाले उनीहरूसँगै खोलामा हाम फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।