झापाः करेन्ट लागेर झापामा आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–५ निवासी ३० वर्षीय मुसित मन्सुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार कमल गाउँपालिका–५ निवासी सूर्यकुमार राईको घर बनाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाँदै गर्दा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय महिला मृत फेला

उता, भद्रपुर नगरपालिका–५ मा भारतीय महिला मृत फेला परेकी छिन् । अन्दाजी ७०÷७५ वर्षीया ती महिला भद्रपुर क्षेत्रमा मागी खाँदै हिँड्ने गरेको प्रहरीले जनाएको छ ।