भोजपुरः भोजपुर जिल्लामा भूकम्पबाट पूर्ण क्षति भएका ६ सय ५१ वटा घरको पुनः निर्माण सम्पन्न भएको छ ।

लाभग्राही सूचीमा परेका ५ हजार ७ सय ४९ पीडितमध्ये हालसम्म ६ सय ५१ जनाले घर निर्माण कार्य सम्पन्न गरी तेस्रो किस्ता बापतको भुक्तानी लिएको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

त्यस्तै, ५ हजार १ सय ४१ जनाले पहिलो र ३ हजार ५ सय २५ जनाले दोस्रो किस्ताको रकम लिएको कार्यालयले जनाएको छ । प्रबलीकरणतर्फ परेका ४ सय ५३ निवेदनमध्ये २ सय १२ जनाले पहिलो किस्ता लिएको कार्यालयका नायब सुब्बा हरिकृष्ण दाहालले बताए ।

कार्यालयले स्थानीय तहबाट आएका सम्पूर्ण सिफारिशलाई भुक्तानीका लागि बैंकमा पठाएको जनाएको छ । साथै दोहोरो नाम परेका, पीडितको मृत्यु भएका लगायत अन्य विभिन्न विषयमा आएका निवदेनलाई सच्याउनका लागि केन्द्रमा पठाइएको छ । पछिल्लो समयमा पीडितका घर निर्माणको कार्यले तीव्र गीत पाएको पनि कार्यालयको भनाइ छ । लाभग्राही सूचीमा परेकामध्ये ५ हजार १ सय ६७ पीडितले सम्झौता गरेका थिए ।

bhukampa pratirodhi ghar bhojpur