इटहरीः नेपाली सेनाले पूर्वका विभिन्न ठाउँमा विकास निर्माणका काममा स्थानीयसँग सहकार्य गरिरहेको जनाएको छ ।

यसै क्रममा इलामको इलाम नगरपालिका–४ स्थित राहसल बाल अनाथलयको भवन निर्माणकार्यमा इलामको पशुपतिप्रसाद गणबाट गएको १० जनाको टोलीले फागुन १३ गतेदेखि सहयोग गरिरहेको नेपाली सेनाले जनाएको छ ।

त्यस्तै, पशुपतिप्रसाद गणबाट अधिकृत सहित गएको ३५ जनाको टोलीले इलामको सन्दकपुर गाउँपालिकाको वडा नम्बर १, २, ३ बगरे, छिनटापु र आहाले इलाकामा १२ किलोमिटर बाटो निर्माणकार्यमा फागुन १३ गतदेखि सहयोग गरिरहेको बताइएको छ ।

उता, मोरङको कटहरी गाउँपालिकाको वडा नं.६ भौडाहास्थित प्रजातन्त्र माध्यमिक विद्यालयमा नवनिर्मित सुलभ शौचालयको निर्माणकार्यमा मोरङको सूर्यदल गणबाट गएको ६ जनाको टोलीले फागुन ५ गतदेखि सहयोग गरिरहेको बताइएको छ ।

सोही गणबाट गएको ३ जनाको टोलीले बेलबारी नगरपालिका–६ सोमबारे स्थित यसोकिनी मन्दिरमा होमस्थल निर्माण गर्ने काममा खटिइरहेको सेनाको पूर्वी पृतना इटहरीले जनाएको छ ।

श्रमदान निमाण (1)