ताप्लेजुङः यहाँ स्थित प्रसिद्द तीर्थस्थल पाथिभरा मन्दिर दर्शन गरेर फर्किएकाे नेपाल सरकारका संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री सवार हेलिकाेप्टर दुर्घटना भए पछि सवार ७ जनाकै ज्यान गएकाे छ । दुर्घटनाग्रस्त हेलिकाेप्टरमा सवार मन्त्रीसहितकाे टाेली १२ बजेर १५ मिनेटमा मन्दिरकाे दर्शन गरेर फर्किएकाे थियाे ।
हेलिकाेप्टर ताप्लेजुङकाे सिस्ने खाेलामा भेटिउकाे छ । ताप्लेजुङकाे लिङखिम गाउँपालिका र फुरूम्बु गाउँपालिकाकाे सीमानामा पर्ने भीर नजिक खाेलामा लाश भेटीएकाे हाे ।
सातै जना मृत्य व्यक्तिहरूकाे लाश पहिचा गर्न कठिन भए पनि मन्त्री रवीन्द्र अधिकारीकाे लाश भने ज्याकेटका कारण चिन्न सहज भएकाे घटनास्थलमा रहेका स्थानिय भुपेन्द्र गुरूङले बताए ।
उनले अधिकारी तेह्रथमुकाे चुवानडाँडामा भएकाे एयरपाेर्टकाे सम्भाव्यता अध्ययन गर्न अाउँदा काेट पाइन्ट लगाए पनि पाथिभरा मन्दिरमा जाँदा चिसाे हुने भएकाले ज्याकेट लगाएकाे हुन सक्ने बताए ।
उनले शव अाधा जलेर चिन्न कठिन अवस्थामा छ भने हेलिकाेप्टरकाे पुच्छर मात्र जल्न बाँकि छ । गुरूङले मन्त्री अधिकारीकाे कपडाकाे केहि भाग बाँकि रहेकाे हुँदा चिन्न सहज भएकाे प्रदेश पाेर्टललार्इ जानकारी दिएका छन्र ।
हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसास शेरचन र अर्का एकजना सवार थिए ।
मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित विमानस्थल अवलकोन सकेपछि ताप्लेजुङ पुगेका थिए ।