इटहरीः नेपाली सेनाले इलाम नगरपालिका– ११ सोयकस्थित वडा कार्यालयको भवनमा इलाम नगरपालिका नगर कार्यपालिकाको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रदर्शन गरेको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसको संयुक्त सहकार्यमा पशुपति प्रसाद गणबाट गएको टोलीले फागुन १४ गते विपद् व्यवस्थापन सम्बन्धी जनचेतानामूलक कार्यक्रम सञ्चालन गरेको हो । प्रदर्शनमा सुरक्षा निकायका पदाधिकारी, सरकारी कार्यालयका पदाधिकारी र स्थानीय बासिन्दासहित ४५ जना सहभागी भएको बताइएको छ ।

त्यस्तै, झापाको मेचीनगर–९ मा रहेको होलीबेली इङ्लिस स्कुलमा श्रीनाथ गणबाट गएको ४ जनाको टोलीले फागुन १४ गते सर्पदंशसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको बताइएको छ ।

सो कार्यक्रममा शिक्षक, शिक्षार्थी र अभिभावक सहित ३ सय जनाको उपस्थिति रहेको पूर्वी पृतना कार्यालय इटहरीले जनाएको छ ।

bipad byabasthapn  (2)