ताप्लेजुङः हाेलिकाेप्टर दुर्घटना भएकाे खबर जिल्ला प्रहरी समक्ष दिउँसाे १ः १५ मा डिउटी अफिसरमा पुग्याे । स्थानीयले हाेलिकाेपटर दुर्घटना भएकाे र अागाेलागी भएकाे दृष्य देखिएकाे प्रहरीलार्इ खबर गरे ।
जिल्लाकाे पवित्र तीर्थस्थल पाथिभरा मन्दिरमा हाेलिकाेप्टर चढि अाएका भिअाइपी पर्यटनमन्त्रीसहितकाे टाेली भएकाे जानकारी मन्दिरमा खटिउका प्रहरीलार्इ दिउँसाे पुगि सकेकाे थियाे । िछमेकी जिल्ला तेह्रथुमकाे चुवानडाँडामा विमानस्थलकाे सम्भाव्य अध्यन गर्न अाएकाे टीम नै मन्दिर दर्शन गर्न पुगेकाे थियाे ।
ताप्लेजुङ प्रहरी प्रमखु संजयसिंह थापा अबर पाउन साथ टाेली लिएर हिंडि हाले ।
स्थानियले दिएकाे जनकारी अनुसार हाेलिकाेप्टर दुर्घटना भएकाे स्थान मन्दिर भन्दा करिव १५ सय मिटरकाे दुरिमा पर्छ भने सदरमुकामबाट झण्डै पाँच घण्टाकाे दुरीमा पर्छ ।
थापा सवार जीप अाधा बाटाे सम्म मात्र पुग्न सक्याे भने त्यस पछि हिँडेर दुर्घटनास्थल पुग्नु परेकाे थियाे ।
अहिले दुर्घटना स्थलमा पुगेका थापाले अाफु सदरमुकामाबाट हिँडेकाे ४ घण्टा पछि मात्र अाइपुगेकाे जानकारी दिएका छन् । उनका अनुसार लाश केहि बाेह अरू चिन्नै नसकिने अवस्थामा छन् । ति लाशकाे मुजुल्का गरि काठमाण्डाैबाट अाएका नेपाली सेनाकाे ठुलाे र अर्काे सानाे हेलिकाेप्टरमा पठाउने व्यवस्था गरिने छ ।
ठाउँ विकट भएकाे र अत्याधिक हिमपातका कारण समस्या भएकाे छ । अहिले लाश भएकाे ठाउँ भन्दा करिव डेढ घण्टाकाे दुरीमा रहेका हेलिकाेप्टर सम्म लाश पुर्याइने छ । त्यस पछि राजधानी काठमाण्डाै लग्ने याेजना रहेकाे छ ।
मन्त्री अधिकारीका बुवा अामालाइ पाेखराबाट काठमाण्डाै ल्याइएकाे छ । अापतकालित रूपमा मन्त्रीपरिषदकाे बैठक वालुवाटारमा बसिरहेकाे छ भने सुरक्षा प्रमुखहरूकाे बैठक सिंहदरवारमा जारी छ ।