ताप्लेजुङः हिजो भएको हेलिकोप्टर दुर्घटनामा परेका सबै ७ जनाको शव ताप्लेजुङस्थित सुकेटार विमानस्थल ल्याइएको छ ।

अहिले मौसम खराब भएका कारण हेलिकोप्टर उडानमा समस्या हुने भएकाले विमानस्थलमै शव राखिएको र मौसम खुल्नासाथ शव काठमाडौं पठाइने प्रहरीले जनाएको छ ।