सोलुखुम्बुः बुधबार ताप्लेजुङमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जाने गरी भएको हेलिकोप्टर दुर्घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको पनि निधन भएपछि सोलुखुम्बु शोकमा डुबेको छ ।

सोलुखुम्बुको मात्र नभई देशकै खम्बाको रूपमा रहेका पर्यटन व्यवसायी शेर्पाको निधनले सोलुखुम्बु स्तब्ध बनेको हो । सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका–१ मा जन्मिएका शेर्पा पर्यटन क्षेत्रका एक सफल व्यवसायी थिए । उनको निधनले समग्र जिल्ला र देशकै पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रतिनिधिसभा सदस्य हेमकुमार राईले बताए ।

परिवार नै पर्यटन क्षेत्रमा भएका कारण शेर्पाको योगदान सोलुखुम्बुले कहिल्यै नभुल्ने राईले बताउ । यति एयरलाइन्सका अध्यक्षसमेत रहेका शेर्पाले खुम्बुको लुक्लासम्म सडक पु¥याउन निकै प्रयास गर्दै आएका थिए । यस वर्ष शेर्पाले त्यो सपना पूरा गर्ने अठोट लिएको आफूलाई बताएको राईले उल्लेख गरे ।