झापाः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् ।
‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’का क्रममा हिजो झापाको बिर्तामोडमा आयोजित सभामा अध्यक्ष थापाले भ्रष्टाचार, सुनकाण्ड, वाइडबडी काण्ड, एनसेलको करछली प्रकरणलगायतका घटनामा किन सरकारले कारवाही गर्दैन भनी प्रश्न गरे ।
कार्यक्रममा पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्र पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि पार्टीले अभियान शुरु गरेको बताए ।