धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४२ औं सिनेट बैठकले प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले पदीय दुरुपयोग गर्दै चरम भ्रष्टाचार गरेको ठहर गर्दै बर्खास्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको सिनेट बैठकले सो निर्णय गरेको हो । प्रतिष्ठानमा भए गरेका भवन निर्माण, उपकरण खरिद, कर्मचारी नियुक्ति लगायतमा उपकुलपतिले ठेकेदार र सप्लायर्ससँग मोटो कमिसन खाएको तथा प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठको अधिकार खोसी आफूमै राखेको आरोप लगाइएको छ ।

२ वर्षको अवधिमा ३ वटा छानबिन कमिटिले उपकुलपतिले पदीय दुरुपयोग गरेको ठहर गरेको थियो ।