झापा: बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका व्यक्तिको स्मृतिमा शनिबार झापाको काँकरभिट्टामा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।
मेचीनगर—६ स्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा ट्राभल सङ्घ झापाले श्रद्धाञ्जलीसभा आयोजना गरेको थियो । कार्यक्रममा सहभागी पर्यटन व्यवसायी, राजनीतिक दललगायत सर्वसाधारणले मृतकप्रति मौनधारण गर्दै शोक पुस्तिकामा हस्ताक्षरसहित मृतकको चिरशान्तिको कामना गरेका थिए ।