इटहरीः नेपालमा पहिलो कम्युनिष्ट सरकार २०५१ सालमा बन्यो ।
९ महिने सो सरकारमा मनमोहन अधिकारी प्रधानमन्त्री थिए भने भरतमोहन अधिकारी अर्थमन्त्री थिए । भरतमोहनले ९ महिने शासनकालमा २ पटक बजेट ल्याए । सो सरकारले ल्याएका ‘आफ्नो गाउँ आफैं बनाऔँ’ लगायतका कार्यक्रम निकै चर्चित भए । २०५२ असार २७ गते ल्याएको दोस्रो बजेटमा उनले ज्येष्ठ नागरिकको लागि सय रुपैयाँ मासिक भत्ता दिने नीति ल्याए । सो कार्यक्रम खुब चर्चित भयो ।
भरतमोहन २०५६ र २०६१ मा पनि अर्थमन्त्री भए । २०६७ सालमा उनी अर्थमन्त्रीका साथै उपप्रधानमन्त्री पनि बने ।
मोरङको क्षेत्र नम्बर २ बाट २ पटक निर्वाचित सांसद बनेका पहिलो कम्युनिष्ट अर्थमन्त्री आज राती पौने १० बजेदेखि अस्ताएका छन् । अल बिदा भरतमोहन अधिकारी ।