झापाः झापाको बाह्रदशी गाउँपालिका–५ मा शनिबार ढिस्को भत्किँदा एक किशोरको पुरिएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा १५ वर्षीय मनिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार घर नजिकैको मकै बारीमा खेल्ने क्रममा जेसिबीले माटो काटेर बनाएको ढिस्को भत्कँदा उनी पुरिएका थिए । ढिस्कोले पुरिएलगत्तै उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।