भोजपुरः भोजपुरको भैंसीपंखाका एक वृद्ध आहालमा डुबेको अवस्थामा मृत भेटिएका छन् ।

भोजपुर नगरपालिका – १० जिमीगाउँका ६६ वर्षीय लामा भनिने लालजंग राई छिमेकी खगेन्द्र राईको घरको गाह्रो लगाएर बिहीबार साँझ घर फर्किएका थिए ।

गाउँमा भैंसीले पानी खाने आहालमा मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । राईको शवलाई भोजपुर अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंशीले जानकारी दिए ।