काँकडभिट्टा: झापाका प्रतिनिधि सभा सदस्य तथा प्रभावशाली नेकपा नेता काम कार्कीले दलमा भन्दा दल बाहिर थुप्रै दलाल भएको बताएका छन्। कला साहित्य उत्सवको दोस्रो दिनको "दलालीको दलदल" शीर्षकमा बोल्दै कार्कीले यस्तो बताएका हुन।
"तपाईँहरूले दलमा दलाल थुप्रै छन् भनेजस्तो कुरा गर्नु भयो", प्यानलिस्टहरु विष्णु सापकोटा र अखिलेश उपाध्यायको दलमा दलाली बढ्यो भन्ने जवाफ दिँदै कार्कीले भने, "तर, मैले दल बाहिरका दलका भन्दा धेरै दलाल देखेको छु।" दलाली अन्त्य गर्न दलमा भन्दा जरामै अन्त्य हुनुपर्ने कार्कीले बताए।
साहित्य कमजोर भएको र कविताहरू पनि कमजोर हुन थालेको कार्कीले बताए। "नेरुदाको कविता सुन्न लाख मान्छे तयार हुने आजकालका कविता सुन्न नहुने किन?", कार्कीले भने", "कुन्ठा मात्रै सुन्न त को आउँछ?"