विराटनगर: विराटनगर श्रम कार्यालयका प्रमुख उपसचिव प्रेम सञ्जेलकाे सरूवा नगर्न सवाेच्च अदालतले अन्तरिम अादेश दिएकाे छ । न्यायाधीश अनिलकुमार सिन्हाले अाज सञ्जेकाे सरूवा निजामती एेन विपरीत भएकाे भन्दै अन्तरिम अादेश दिएका हुन ।

उनलाइ नेपाल सरकारले विराटनगरमा रहेकेा श्रम कार्यालयबाट सरूवा गरेकाे थियाे । अाफु अन्यायमा परेकाे भन्दै त्यस विरूद्द सर्वाेच्च जाने संचारमध्यमलार्इ बताउँदै अाएका थिए । सञ्जेल भ्रष्टाचार विराेधि अभियन्ताकाे रूपमा चिनिन्छन् । निजामती क्षेत्रमा हक्की स्वभावका सञ्जेलले अाफुले सरकारले बनाएकाे श्रम एेन लागु गर्न खाेज्दा व्यापारिक नेताले सरकारलाइ दबाबमा दिएर अाफ्नाे राजनीनामा गराएका बताउँदै अाएका छन् । 

सोही विषयमा पत्रकार सम्मेलन गरेका सञ्जेल एकाएक चर्चाकाे विषय बनेका थिए भने उनलार्इ सामाजिका संजालमा व्यापक समर्थन जुटेकाे थियाे ।

बिना कारण सरूवा गरेकाे भन्दै कानुनी उपचारका लागि उनि सर्वाेच्च जाने बताउँदै अाएका थिए ।