पाँचथरः पाँचथरमा नेपाली सेनाको भैरवी दल गणले आइतबार फिदिम बजार सरसफाइसहितका कार्यक्रमको आयोजना गर्दै सेना दिवस मनाएको छ । सेना दिवसको अवसर पारेर आइतबार सरसफाइ, भवन हस्तान्तरण र स्वास्थ्य शिविर कार्यक्रम भएको हो ।
पाँचथरको फिदिमलाई सुन्दर नगरी बनाउन, वातावरण स्वच्छ राख्न, दुर्गन्ध कम गर्न सहयोग पुर्याउन सरसफाइ कार्यक्रम गरिएको सेनाले जनाएको छ ।

सरसफाइ कार्यक्रम अन्तर्गत जिप्रका कार्यालयबाट गणतन्त्र चोक, मेन रोड, शनिबारे, बुद्ध मार्ग हँुदै जिल्ला प्रहरी कार्यालयसम्म सरसफाइ गरिएको छ । कार्यक्रम प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सेनाले सोही अवसरमा फिदिमको गढी माविका विद्यार्थीका लागि भवन हस्तान्तरण समेत गरेको छ । त्यस्तै जिल्लाको चोकमागुमा विद्यार्थीहरूका लागि एक दिने स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ ।

जनसेवा समाजको संयोजनमा सरस्वती मावि चोकमागुमा आयोजित शिविरमा ३ सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रम बिहान १० बजे शुरु भएको थियो ।

sena sarsafai  (2) sena bisramsthal  (3) sena bisramsthal  (1) sena bisramsthal  (2)