इटहरीः मोरङको सुन्दरहरैंचाको ७ नम्बर वडा कार्यालयले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सीपमूलक तालीम दिने भएको छ । जसअन्तर्गत कुसन तथा गुडिया बनाउने १ महिने तालीम र सिलाइकटाइसम्बन्धी ३ महिने एड्भान्स तालीम सञ्चालन हुने भएको छ ।

सिलाइकटाइ एड्भान्स तथा गुडिया कुसन तालीम उपभोक्ता समितिद्वारा आयोजित तालीम उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख धनमाया तामाङले आर्थिक रूपमा महिलालाई सबल बनाउन तालीम दिन लागिएको बताइन् ।

कार्यक्रमका विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले तालीम सकिएको ३ महिनापछि अनुगमन गर्दा तालीमप्राप्त व्यक्तिले व्यवसाय थालेको देखिएमा मात्रै कार्यक्रम सफल भएको ठहरिने बताए ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौलाले महिलाहरूमा सीप वृद्धि गर्न वडा कार्यालय लागिरहेको बताए । अघिल्लो वर्ष ८० जना महिलाले सिलाइकटाइको आधारभूत तालीम लिएकोमा यसपटक तिनै ८० जनामध्येका ३४ जनालाई एड्भान्स तालीम दिन लागिएको उनले बताए । त्यस्तै, वडा कार्यालयले ४० जना महिलालाई कुसन तथा गुडिया बनाउने १ महिने तालीम दिन लागेको पनि उनले बताए ।

सिलाइकटाइको प्रशिक्षकमा सरस्वती दाहाल र इशरवती चौधरी तथा गुडिया कुसनको तालीममा पार्वती गुरागाईंले सहजीकरण गर्ने समितिले जनाएको छ ।

उपभोक्ता समितिकी अध्यक्ष विमला अधिकारीले बढ्दो बेरोजगारी समस्यालाई तालीमले केही हदसम्म अन्त्य गर्ने बताइन् । समितिकी सचिव जानुका ओझाले सञ्चालन गरेको कार्यक्रममा वडा सचिव कृष्णप्रसाद दाहाल तथा वडा सदस्य विष्णुप्रसाद घिमिरे, भुवनसिंह आले, मीनादेवी ओझा र सुमित्रा बिकको पनि उपस्थिति थियो ।

ss

silai katai  (1) silai katai  (4) silai katai  (5) silai katai  (9) silai katai  (10)