इनरुवाः इनरुवा नगरपालिका–१ बजारका ७० वर्षीय रतनलाल यादवको सोमबार शव फेला परेको छ ।

घरमा एक्लै रहेको अवस्थामा राती यादवको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । शरीरको विभिन्न भागमा चोट लागेको र पलङमा बाँधिएको अवस्थामा उनको शव घरमै स्थानीयले फेला पारेको डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।

शवको प्रकृति हेर्दा हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी फुयालले बताए । घटनाको अनुसन्धानमा प्रहरी परिचालन भएको फुयालले बताए । शव पोष्टमार्टमपछि थप घटनाको रहस्य बाहिर आउने प्रहरीले जनाएको छ ।