इटहरीः पूर्वी पृतना हेडक्वाटरले शिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरी दिवस मनाएको छ ।
सो अवसरमा निमित्त पृतनापति सहयाक रथी सागरबहादुर केसीले द्वन्द्वको समयमा वीरगतिप्राप्त सकल दर्जाको सम्झनामा निर्मित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए । साथै पृतनाअन्तर्गतका वीरगति प्राप्त १० जना सैनिकका परिवारलाई सम्मानस्वरूप उपहार प्रदान गरिएको थियो ।
सेना दिवसकै अवसरमा आजै ‘रन फर फन’ ५ किलोमिटर दौड, भलिबल प्रतियोगिता, बिंगो खेल, सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । साथै मानार्थ उप सेनानी दर्जामा पदोन्नति भएका पृतना हाताभित्रका ६ जना सुवेदारहरूलाई निमित्त पृतनापतिज्यूबाट दज्र्यानीचिह्न प्रदानगरिएको पूर्वी पृतना इटहरीले जनाएको छ ।
ती कार्यक्रमहरूमा पृतनाका सह चिफ अफ स्टाफ, पृतना हाताभित्रका युनिटपतिहरू, अधिकृत÷ पदिक तथा अन्य दर्र्जाका अधिकारीको उपस्थिति रहेको पृतनाले जनाएको छ ।