धरानः किरात राई यायोख्खाले आगामी ३ वर्षका लागि भोलि नेतृत्व पाउने भएको छ ।

धरान–८ स्थित सभागृहमा जारी महाधिवेशनको बन्द सत्रमा सोमबार नै निर्वाचनको तयारी गरिएको थियो । तर विभिन्न प्रतिवेदन, विधान संशोधन लगायतका विषयको छलफलमा समय लागेकाले निर्वाचन प्रक्रिया मङ्गलबारमात्र हुने महाधिवेशनका प्रचार संयोजक उपेन्द्र चाम्लिङले बताए ।

यायोख्खाको धरानमा जारी १० औँ राष्ट्रिय महाधिवेशनमामा प्रस्तुत भएका कार्यपत्र, प्रतिवेदन र प्रस्तावहरूमाथिको छलफल सोमबार नै सकिएको छ ।