विराटनगरः नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको अवस्थामा मन्त्रिमण्डल पुनर्गठन गर्ने कुनै तयारी नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा हिजो सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका दुुई अध्यक्षको बीचमा मन्त्रिमण्डल हेरफेर गर्ने विषयमा कुुनै छलफल नभएको बताए । पूर्वप्रधानमन्त्री दाहालले मन्त्रिमण्डल पुनर्गठन प्रधानमन्त्रीको अधिकार भएकाले पत्रपत्रिकामा आएजस्तो यस सम्बन्धमा दुई अध्यक्षबीच कुनै चर्चा नभएको बताए ।

उनका अनुसार वर्तमान सरकारले गियर परिवर्तन गरिसकेकाले पछिल्लो निर्णय र विकास निर्माण घोषणाले पनि सरकारले गति लिएको प्रष्ट हुने उनले बताए । दुवै पार्टीको एकीकरण कार्य अन्तिम चरणमा पुुगेकाले त्यसलाई टुङ्गो लगाउन मात्र बाँकी रहेको उनको भनाइ थियो ।

उनले अतिवादीलाई राजनीतिक र सरकारी संयन्त्रमार्फत् नियन्त्रणमा ल्याउने विचार व्यक्त गरे । शान्ति प्रक्रियामा सहभागी भइसकेको नेकपा (माओवादी)ले हातहतियार व्यवस्थापन गरिसकेको अवस्थामा अहिले त्यो बेलाको हातहतियार कसरी कहाँबाट आयो भन्ने कुरा थाहा नभएको बताए ।

सङ्घीय समाजवादी फोरमसँग भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन आवश्यक समयमा गरिने अध्यक्ष प्रचण्डको धारणा थियो । उहाँले राष्ट्रिय जनता पार्टी(राजपा) नेपाललाई सरकारमा सहभागी गराउने विषयमा कुनै निर्णय नभएको बताए ।