फाइल तस्बिर
तेह्रथुमः तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर २ हमरजुङमा आज बिहान राममाया कार्कीको घरमा आगलागी हुँदा उनकी २१ वर्षीया छोरीको आगोमा जलेर मृत्यु भएको छ । आगलागीमा परी ५५ वर्षीया राममाया घाइते भएकी छिन् ।
आज बिहान सवा ६ बजे भएको सो आगलागीको कारण खुल्न नसकेको र घाइते राममायाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।