फाइल तस्बिर

झापाः प्रधानमन्त्री केपी शर्मा ओली सुखानी स्मृति शहीद दिवसमा सहभागी हुन झापा आइपुगेका छन् ।

ओलीलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायतले भद्रपुर विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले इलाम, माई नगरपालिकास्थित सुखानी शहीद उद्यानमा आयोजना हुने ४६ औँ सुखानी स्मृति दिवसलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रमलाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नै पूर्व आइसकेका छन् ।

suzuki dharan

कम्युनिष्ट आन्दोलनकारी रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको पञ्चायती सरकारले विसं २०२९ फागुन २१ गते सुखानीको जङ्गलमा गोली हानी हत्या गरेको घटनालाई सुखानी काण्डका नामले नेपाली राजनीतिमा चिनिन्छ ।