धरानः आदिवासी जनजातिको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा अभियान्ताले जोड दिएका छन् ।

नेपालको वर्तमान राजनीतिक संरचना, समानुपातिक प्रणाली, भाषिक, धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता जस्ता उपलब्धीलाई संस्थागत गर्नुपर्ने उनीहरूको जोड थियो । आदिवासी जनजाति सरोकार मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अभियन्ताले अझै पनि राज्यबाट पाउनुपर्ने सुविधा र अधिकार पूर्ण रूपमा नपाएकाले सङ्घर्ष पनि गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

समाजका अध्यक्ष सुजेन्द्र गोलेको अध्यक्षतामा भएको अन्तरक्रियामा नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द छन्त्याल, किराँत याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष कमल तिगेला, भुजेल समाज सेवा समितिका केन्द्रीय उपाध्यक्ष राजकुमार भुजेल, तमू ह््युल छोंज धींका केन्द्रीय सह–महासचिव डम्बर तमू, नेपाल मगर सङ्घका केन्द्रीय सदस्य शारदा थापामगर लगायतको उपस्थिति थियो ।

त्यस्तै, नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व जिल्ला अध्यक्ष ङावा लप्टु लामा शेर्पा, जिल्ला उपाध्यक्ष गेल्बु शेर्पा, जिल्ला सहसचिव विष्णु मोक्तान, जिल्ला सदस्य भोला श्रेष्ठ, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घका जिल्ला अध्यक्ष सङ्गीता सुब्बा, नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष सुरज लामा पनि कार्यक्रममा उपस्थित थिए ।

भुजेल समाज सेवाका जिल्ला अध्यक्ष रवि भुजेल, मङ्गोल नेशनल अर्गनाइजेशन सुनसरीका नेता काजीराम राई, नगर अध्यक्ष लोकबहादुर राई, नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व नगर अध्यक्ष चित्रराज थापा मगर, पूर्व नगर उपाध्यक्ष राम योञ्जन पनि कार्यक्रममा सहभागी थिए ।

सुनुवार सेवा समाजका नेता गजेन्द्र मुखिया सुनुवार, नेवा देय दवूका नगर अध्यक्ष मनोहर शाक्य, नेपाल शेर्पा सङ्घका नगर अध्यक्ष तेन्जिङ शेर्पा, महिला शक्ति समाजका अध्यक्ष अन्जना राई लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

adibasi  (1)