धरान: किरात राई यायोख्खाको केन्द्रिय अध्यक्षमा दिवस राई किराती सर्बसम्मत निर्वाचित भएका छन् । यायोख्खाको धरानमा जारी १० औ अधिबेशनले आगामी तिन बर्षका लागि दिवस राईलाई अध्यक्षमा चयन गरेको हो ।
यायोख्खाले सबै पदहरुमा सहमती जुटाउने प्रयास गरिरहेको छ । यायोख्खाको ५ जना उपाध्यक्षका लागि ८ जनाको उमेद्धारी परेपछि अहिले उपाध्यक्षको पनि सहमती जुटाउने प्रयास भईरहेको बताइएको छ । महासचिबमा दुई जनाको उमेद्धारी परेको छ । सबै पदहरुमा सहमती जुटाएर मङगलबार राती नै महाधिबेशन सम्पन्न गर्ने यायोख्खाको तयारी छ । सोमबार नै सम्पन्न हुनु पर्ने यायोख्खाको महाधिबेशन आन्तरिक छलफल र कार्य समिती चयनका कारण एक दिन लम्बिएको हो ।
नवचिर्बाचिन अध्यक्ष दिवस राई किरातीले प्रदेश १ लाई किरात प्रदेश बनाउन सामुहीक रुपमा लागि पर्ने बताएका छन् ।