धरान: किरात राई यायोख्खाले सर्बसहमतीमा नयाँ कार्य समिती चयन गरेको छ । दिवस राई किरातीको अध्यक्षतामा मङगलबार राती सर्वसहमतीमा आगामी तीन बर्षका लागि नयाँ कार्य समिती चयन भएको हो ।

यायोख्खाको मङगलबार राती सम्पन्न १० महाधिबेशनले उपाध्यक्षमा टिकासरि राई,गेन राइ,जिवन हाताचो राई,तिलक याम्फु राई र राकेश राई रहेका छन् । महासचिबमा जनक राई चयन भएका छन् भने उप महासचिवमा भिम राई र शुभचन्द्र राई चयन भएका छन् । सचिवमा दोर्प ध्वज राई,हेमन्तकुमार राई,कृष्ण कुमार राई,मातृका राई,र अर्जुन कुमार राई चयन भएका छन् भने कोषाध्यक्षमा देवान राई चयन भएका छन् ।

किरात यायाेख्खया धरान

सह कोषाध्यक्षमा महेन्द्र राई र परशुराम राई चयन भएका छन् । सदस्यहरुमा सर्वधन राई,युवराज राई,नविन राई,दिलिप राई,कमला राई,मन्जु राई,खड्गपुमा राई,ईन्द्रमान राई,अन्जना राई,कपिल राई,प्रेम नाछिरिङ्ग राई,तारा राई,नगेश चन्द्र राई,अश्मिका राई,किवाङ हाङ राई,बिमल किराती राई,राकेश चाम्लिङ राई,अनिता राई,बिमला राई,र सुनिल राई रहेका छन् ।

त्यसैगरि बिर्सिका राई,राजकुमार राई,मिना कुमारी राई रन्जु,मनोज राई,लिल म राज राई,रत्नादेवी राई र गणेशकुमार खालिङ राई चयन भएका छन् । यायोख्खाले बुधबार विहान यलम्बर स्मृती भवनमा नयाँ कार्य समिती र धरान घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको महाधिबेशनका प्रचार संयोजक उपेन्द्र चाम्लिङ लाईले जानकारी दिए ।