विराटनगरः श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम प्रसाद संजेल आज देखि काममा फर्किएका छन् । सर्वोच्चको आदेश अनुसार उनले आज कार्यालय समयमा पुगि हाँजिर गरेका छन् ।
७० दिनमा सरुवा गरिएका संजेलले निजामती ऐन विरुद्धको सरुवा भएको भन्दै आपत्ति प्रकट गरेका थिए । श्रम ऐन लागु गर्न कम्मर कसेर लागेका संजेललाई विराटनगरका केहि उद्योगी व्यापारीको फोर्समा सरुवा गरिएको संजेलको दाबि थियो । उनलाइ नेपाली राजनीतिमा सहज पुहँच राख्न सक्ने उद्योगीको उद्योगमा अनुगमन गरि श्रम ऐन लागु गर्न तयार रहँदा रहँदै पुस ५ गते इटहरीस्थित व्यवसायिक सीप तथा प्रतिष्ठानमा सरुवा गरिएको थियो ।

संजेलले आफुले थालेका कामलाइ निरन्तरता दिने बताएका छन् । श्रम ऐन लागु गर्न कुनै मामलामा नचुक्ने, भ्रष्ट्राचार विरोधी अभियानमा डटेर लाग्ने र श्रम गर्न आउने सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संजेलले श्रम कार्यालयमा सर्वसाधरणले हालेका मुद्दा छिन्ने, आफू कार्यालय प्रमुख हुँदा निरीक्षण गरेका उद्योग अनुगमन र त्यसपछि दिएका निर्देशन कार्यान्वयन गरे÷नगरेको अनुगमन गर्ने र पुन ः श्रम स्वीकृतिका लागि काम हुँदा हुने ढिलासुस्ती, घुसखोरी र अतिरिक्त शुल्क लिने काम रोक्ने तथा गरेको थाहा पाए कारबाही गर्ने बताएका छन् ।

उनले अाजै केही मुद्दाकाे पेशी ताेक्ने समेत बताएका छन् । अाफु कसैकाे धम्कि वा प्रलाेभनमा नपर्ने भन्दै इमान्दारसाथ काम गर्ने बताएका छन् । भटाभट मुद्दाका पेशी ताेक्ने काम गर्ने भन्दै यसका लागि सार्वजनिक सुन्वाइ गर्ने र पत्रकारलाइ सार्वजनिकका गर्न रेगुलर खबर गर्ने बताएका छन् । 

असोज ११ गते उक्त कार्यालयमा प्रमुखको रुपमा हाजिर भएका संजेल सरुवामा परेका हुन । सरुवाको विरोधमा संजेलले सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव प्रेमप्रसाद सञ्जेलको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न ३ दिनअघि (गत शुक्रबार)अन्तरिम आदेश जारी गरेको थियो ।