इनरुवाः सुनसरीमा १ सय ९ औं अन्तर्राष्ट्रिय नारी दिवसमा महिला अधिकारका क्षेत्रमा योगदान गर्नेलाई सम्मान गरिने भएको छ ।
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल सुनसरीले विभिन्न कार्यक्रमका साथै महिला अधिकारका क्षेत्रमा योगदान गर्नेलाई सम्मान गर्ने भएको हो । शुक्रबार बिहान प्रभातफेरी कार्यक्रम पनि गरिने सञ्जालले जनाएको छ ।
सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीको संयोजकत्वमा बसेको सञ्जालको बैठकले सो निर्णय गरेको बताइएको छ ।
उपरीक्षक अधिकारीले जिल्लामा ५ सय बढी सरोकारवालाको सहभागितामा प्रभातफेरी गर्ने तयारी भएको जनाए । कार्यक्रमलाई सार्थक पार्नका लागि जिल्ला सञ्जाल सहित विभिन्न सङ्घ संस्था र महिलाको सहभागिता अनिवार्य गरिएको उनले बताए ।